घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र
अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ । १. घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा यस प्रकारको कार्यले घरमा अशुभ हुने र बिभिन्न समस्या झेल्नु पर्ने बताइएको छ ।२. वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा
बनाउनु अशुभ मानिन्छ । त्यसैले घरमा पूजा कोठा बनाउँदा घरको पूर्व वा उत्तर दिशामा बनाउनु पर्छ । सिफारिस आज फागुन १० गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आज फागुन ९ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल ३. घरको पूजा कोठा शौचालयको छेउमा पार्नु हुदैन । यसका साथै भान्साको छेउमा समेत पूजा कोठा हुनु हुदैन ।४. घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन ।
यसो गर्नाले अशुभ फल प्राप्त हुन्छ । ५. घरको मन्दिरमा शिवलिंग राख्न समेत शास्त्रमा बर्जित गरीएको छ । यदि राख्नै परेमा समेत औलाको आकारभन्दा ठुलो हुन नुहने मान्यता रहेको छ ।६. हिन्दु धर्म अनुसार टुक्रिएको वा खण्डित मूर्तीको पूजा गर्नु अशुभ मानिन्छ । त्यसैले पूजा घरमा भूलेर पनि यस्ता मूर्ति राख्नु वा पूजा गर्नु हुदैन ।