मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो साता अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । सजिलै अरुको विश्वास जित्न पनि सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मनमा निराशा र शरीरमा आलस्य आउला । सोमबारबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यलेनयाँ अनुभव मिल्नेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ बिजनेश प्लानको योजना बन्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो हप्ता शिक्षा, बौद्धिकतार न्यायिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । ठीक समयमा सही निर्णय लिनकिनेछ । पुँजी बजारमा अहिले गरेको लगानीले पछि सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साताको सुरुका दिनमा रमाइला यात्राका योगहरू रहेका छन् । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ, तर स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । मनमा चिन्ता र शङ्का उब्जनेछ । मध्यताबाट विद्या र बुद्धिको विकास हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता कतै घुम्न जाने योजना बन्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ काम वा रोजगार पाइनेछ । विशिष्ट व्यक्तिकोसाथ पाइनेछ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो साता कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वातावरण छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यो सात कतै घुम्न जाने योजना बन्न सक्छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रविधिको क्षेत्रमा पनि लगानीको समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो हप्ता अनावश्यक र दैनिक व्यवहारमा खर्च समेत बढ्न सक्छ । आँटेको काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ । साताको मध्यबाट सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो साता चिताएको कामले तीव्रता लिनेछ । भाग्यले साथ दिनेछ भने नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।