काभ्रेपलाञ्चोकको प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा अपूरो गजुर प्रतिष्ठापन गरिएको छ। जानकारी हुँदाहुँदै पनि बिहीबार मन्दिरका पुजारी महेश्वर बज्राचार्य, सांसद लक्ष्मण लम्साल तथा अन्य सरोकारवाला व्यक्तिको

ढिपीका कारण मन्दिरको टुप्पोमा नाग र मणि माणिक्यसहितको डमरू बिनाको गजुर प्रतिष्ठापन भएको हो। भूकम्पमा भत्किएकोपलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरको पुनर्निर्माण कार्य केही दिनअघि मात्रै सकिएको थियो। प्यागोडा शैलीको तीन तले मन्दिर २ करोड ५२ लाख ७७ हजार रूपैयाँमा पुनर्निर्माण सकिएर गजुर

राख्ने बेलामा हेलचेक्राई गरेको स्थानीयको आरोप छ। ‘गजुरमा नाग र मणि माणिक्यसहितको डमरू हुनुपर्ने हो, तर यसमा लार्पबाही गरिएको छ,’ स्थानीय रामचन्द्र श्रेष्ठले भने। पुनर्निर्माणपछि बिहीबार गजुर प्रतिष्ठानका लागि गजुरमा

पूजाआजा गरिएको थियो। भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएपछि मन्दिरलाई काठको टेको लगाएर अड्याइएको थियो। भूकम्पअघि गजुरमा नाग र मणि माणिक्यसहितको डमरू राखिएको थियो। भूकम्पमा चुँडिएर

भुइँमा लडेको गजुरमा भएका त्रिशुल, मूर्ति, डमरु नागलगायत सामग्री भाँचिएको मन्दिरका पुजारी महेश्वर बज्राचार्यले जानकारी दिए। उनले लामो समयपछि ऐतिहासिक मन्दिरको पुनर्निर्माण सकिएर मूर्ति प्रतिष्ठापन गर्न लागिएकोबताए।

‘मन्दिरको गजुरमा नाग राख्न बाँकी छ, त्यो काम केही दिनमै गर्छाैं, अहिले हामीले मन्दिरको स्वरुप दिन खोजेका हौं,’ उनले भने। उक्त जग्गा पलाञ्चोक भगवती मन्दिरको गुठीको नाममा रहेको छ। सोही ठाउँबाटै

दनुवार समुदायको उत्पत्ति भएको इतिहास रहेको मानिन्छ। यही बस्तीसँगै जोडिएको अर्को इतिहास झिकुखोला जलाधार क्षेत्र छ। स्थानीयवासीले यी सबै पक्षको उचित संरक्षण र अध्ययनको माग राखिरहेका छन्।

एक महिनाअघि पुरातत्वसहितको टोली उक्त क्षेत्र पुगेको थियो। टोलीले केही प्रमाण फेला समेत पारेको छ। पाँचखाल नगरभित्र सय मिटरको फरकमा सञ्चालित इँटाभट्टाले उपत्यकाको स्वरूप नै परिवर्तन गरिदिएको पाँचखाल

उपत्यका बचाउ अभियानका अर्का अभियन्ता सूर्यबहादुर भेटवालले बताए। उनले सहरको पुरानो मौलिकता भट्टाकै कारण खोसिँदै गएकाले यसबारे गम्भीर हुनुपर्ने जानकारी दिए। ‘यी भट्टा स्कुल, स्वास्थ्य

केन्द्र, जंगल, नदी र ऐतिहासिक रानीपोखरीको आडैमा छन्,’ उनले भने, ‘कृषि नगरका रूपमा परिचित स्वच्छ र हराभरा पाँचखाल क्षेत्रलाई सखाप पारेका छन्, यसलाई तत्काल रोकेर पाँचखालाई हराभरा बनाउन आवश्यक छ।’

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले स्थानीय युवाले हस्तान्तरण गरेका ऐतिहासिक सामग्रीको संरक्षणमा नगरपालिकाले चासो दिने बताए। ‘हामीले पाँचखाल विकास र संरक्षणको लागि विविध योजना बनाउँदै आएका छौं,’ उनले भने, ‘स्थानीयले चिन्ता गर्दै आएको विषयको समाधान पनि छिट्टै हुँदैछ, यसबाहेक ऐतिहासिक सामग्रीको संरक्षणको जिम्मा पनि हाम्रै हो।’