धन, प्रेम र सौन्दर्यको कारक शुक्र शुभ स्थितिमा छ भने व्यक्तिको आर्थिक भाग्य खुल्छ। शुक्रको नक्षत्र परिवर्तनले सबै राशिहरूलाई असर गर्नेछ। शुक्रले फागुन २० मा आफ्नो अर्को

नक्षत्र परिवर्तन गर्नेछ। यस्तो अवस्थामा शुक्रको परिवर्तनशील चालले केही राशिका लागि ठूलो लाभ प्रदान गर्न सक्छ। आउनुहोस् जानौं कुन राशिले सकारात्मक परिणाम पाउँछ- वृश्चिक : वृश्चिक राशिका व्यक्तिहरूलाई शुक्र राशी परिवर्तनबाट लाभ मिल्नेछ। कानुनी मामिलामा जित हात पार्न सकिनेछ। व्यापार व्यवसाय गर्नेहरुले

शुभ समाचार पाउन सक्नेछन् । सम्पत्तीमा कुनै पनि पुरानो लगानीले तपाईंको आर्थिक अवस्थालाई बलियो बनाउनेछ। कामको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।

तुला राशि : शुक्रको यो नक्षत्र परिवर्तन तुला राशिका लागि लाभदायक मानिन्छ। वर्षौंदेखि रोकिएको कामले गति लिनेछ। धनमाल बढ्ने सम्भावना पनि छ । आमाको स्वास्थ्य सम्बन्धी

केही शुभ समाचार प्राप्त हुन सक्छ। साथै, यो दिन व्यवसायीहरुका लागि निकै शुभ मानिन्छ । मिथुन : मिथुन राशिका लागि शुक्रको गोचर शुभ मानिन्छ । परिवार तथा पुर्खाबाट आशीर्वाद मिल्नेछ। शुक्रको कृपाले समाजमा तपाईको पद र प्रतिष्ठामा सुधार आउनेछ। व्यवसायिक कार्यमा लाभ मिल्नेछ । धन सम्बन्धी समस्या पनि बिस्तारै हट्दै जानेछन्