हाम्रो बिध्यमान परम्परा अनुसार आँखा फर्फराउनुका पछाडी शुभ अशुभ कारण रहेको छ। कुनै कुनै समय आँखा फर्फराउनु शुभ अशुभ फलको कारण नभई

जटिल स्वास्थ्य समस्या बन्न सक्छ। कुनै बेला यो एकैछिनमा कम हुन्छ त कुनै बेला नियमित २/३ दिन सम्म पनि रहन सक्छ। केहि समय आँखा फर्फराउनु सामान्य कुरा हो यद्धपि कुनै समय यसको मामला केहि जटिल हुन सक्छ , त्यसैले आउनुहोस आँखा फर्फराउनु पछाडिको बैज्ञानिक कारण के छ त जान्ने कोशिस गरौँ ;

गम्भीर स्थिति आँखा फर्फराउनुलाई डाक्टरको सामान्य भाषामा म्योक्यमिया भन्ने गरिन्छ। यस्तो अवस्थामा आँखाको मम्शपेशी तन्किने गर्दछ।

तनाव ब्यस्त जीवनशैलीका साथ साथै मानसिक तनावका कारण विभिन्न समस्याको उत्पति हुन् थाल्दछ। जब हामी कुनै तनावमा रहन्छौं तब हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउन थाल्छ यसैमा आँखा फर्फराउनु पनि मानसिक तनावको एक गम्भीर कारण हो।

आँखा सुख्खा हुनु कम्प्युटरको प्रयोग , औषधिको प्रयोग , अधिकतम मात्रामा कफीको सेवन गर्नाले आँखा सुख्खा हुने समस्या देखा पर्न थाल्छ। यसै कारणले गर्दा पनि आँखा फर्फराउने समस्या देखा पर्दछ।

मध्यपान मध्यपानको कारणले गर्दा पनि आँखा फरफराउने समस्या देखिने भएकाले सकेसम्म मध्यपान नगर्दा नै उपयुक्त हुनेछ।

कफी सेवन चिया , कफी , सफ्ट ड्रिंक्स , चकलेट आदिमा कफिनको मात्रा अधिक रहने गर्दछ। यसको अत्यधिक सेवन गर्नाले पनि आँखा फरफराउने समस्या देखिन थाल्छ त्यसैले यस्तो अवस्थामा चिया कफीको सेवनलाई नियत्रण गर्नु आवश्यक रहेको छ।

थकान शारीरिक थकान एवम पुरा निन्द्रा नपुग्नाले आँखा फरफराउने समस्या देखिने सक्छ त्यसैले गर्दा पुरा निन्द्रा लिनु आवश्यक रहेको छ।

पोषक तत्वको कमि केहि अध्ययनले बताएअनुसार शरीरमा म्याग्नेसियम जस्ता पौष्टिक तत्वको कमि भएको अवस्थमा पनि आँखा फरफराउने स्थिति देखा पर्न थाल्दछ।

एलर्जीजो व्यक्तिलाई आँखासंग  सम्बन्धित एलर्जी छ उक्त व्यक्तिको आँखा पाक्ने , पानी आउने जस्ता समस्या देखिन थाल्दछ। आँखा दुखेर मिच्ने गर्नाले पनि आँखा फरफराउने स्थिति सिर्जना हुन सक्छ।

कम्प्युटरको कारण लगातार रुपमा मोबाइल , कम्प्युटर , आदि जस्ता विद्युतीय उपकरणको प्रयोग गर्नाले पनि आँखामा समस्या आउने देखिन्छ। यसबाट बच्नका लागि २० मिनेटको अन्तरालमा कम्प्युटरको स्क्रिनमा हेर्न् देखि केहि समय बिश्राम लिनु पर्दछ।

गम्भीर स्थिति सामान्य स्थितिमा मानिसको आँखा केहि समयका लागि मात्र फरफराउने गर्छ यदि लामो समय सम्म यो प्रक्रिया नरोकिएको अवस्थामा बेनिग्न ,ब्लेफरोसपस्म तथा हेमिफेसियलको खतरा हुने सम्भावना रहन्छ।

यदि अर्को बेलामा पनि कसैले तपाइलाई आँखा फरफरायो भन्ने उजुर लिएर आयो भने यी सम्पूर्ण कारणहरु बताईदिनु हुन नभुल्नुहोला है।