हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक

महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।पुस शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत गर्ने गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ।बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी

व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धुप, बत्ती, नैवेद्य,

श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाए। व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । काठमाण्डौको साँखुमा रहेको शालीनदीमा आजैदेखि एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला

लाग्ने गर्दछ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रत २५ पुरुष, १९० महिला गरेर २१५ जनाले लिएका छन् ।स्वस्थानी परमेश्वरीको विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी

परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्। व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ।

यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित

शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ। यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि बताइएको छ। विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्छन्। स्वस्थानीको महिमा भएको ३१ अध्यायको

स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ। पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद गरिएको बताइन्छ। सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ। गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ।