तिलोत्तमा सिटी , २ मङ्सिर २०७८। पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा वर्षेनि लाग्दै आएको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला हिजोदेखि सुरु भएको छ । सत्यवती मेला ३ दिन सम्म चल्ने छ ।

सत्यवती तालमा मंसिर १ गतेदेखि ३ गतेसम्म मेला सञ्चालन हुनेछ ।सत्यवती माइ मन्दिर : जहाँ चिच्याएर देविसँग वरदान मागिन्छ तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर चिच्याएर ‘सत्यवती बज्यै’ सँग आफ्नो वर माग्ने यहाँको पुरानो चलन हो । सत्यवती ताल क्षेत्रमा बाजे बजै दुवैको मन्दिर रहे पनि विशेष

गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।। वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका

अध्यक्ष तिलबहादुर गाहाले बताउनुहुन्छ। सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताउनुभयो । सत्यवती तालको

महत्व धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ । पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधैँ चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन् ।

चुरे  र सीमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ।कसरी पुग्ने ताल ? रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउनेलाई दोभानको

झुम्सा पानीमिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ । करीब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । सत्यवती क्षेत्रमा उकालो हिँड्नु पर्दैन । झम्सादेखि करीब दुई घण्टामा सत्यवती पुग्न सकिन्छ । पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न करीब दुई घण्टा लाग्छ । पाल्पा तानसेन सडकको चौबीस माइलबाट करीब दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ ।