ज्योतिषशास्त्रको आधारमा राशिअनुसार व्यक्तिको शरीर, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ आदिबारे व्याख्या गरिएको हुन्छ। राशिअनुसार व्यक्तिको रुचि र दैनिक

जीवनमा प्रयोग गर्ने रङहरु फरक फरक हुने गर्दछ। मेष राशिलाई मन परेको रङ वृष राशिलाई मन नपर्न सक्छ अथवा राशिको अनुसार व्यक्तिको स्वभाव फरक हुन्छ। लालकिताव तथा अन्य ज्योतिषशास्त्रको किताबमा उल्लेख भए अनुसार व्यक्तिको स्वभाव र राशि अनुसार मन पर्ने रङ

यहाँ प्रस्तुत गरिएको छ। साथै राशिसँगै न्वारानको नामको सुरुको अक्षर पनि दिइएको छ। मेष राशि: मेष राशि भएका मानिसहरु चञ्चल,धार्मिक प्रवृत्ति, आँटी, शाहसी तथा पराक्रमी, राज्यबाट

सम्मानित, स्त्री साथिहरु धेरै भएका, दानी, पानीदेखि डराउँने स्वभावको हुन्छन्। यस राशिको व्यक्तिलाई मंगलबार शुभ र बुधबार अशुभ हुन्छ। प्राय रातो तथा कफि कलर मन पराउँने

यिनीहरुलाई रातो कपडाको प्रयोग तथा धारणले सुहाउँने गर्दछ। त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ।

वृष राशि: वृष राशि भएका व्यक्तिहरु भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान, धनवान, भोगविलासरत, तेजस्वी हुन्छन् । स्त्रीहरूको प्यारो, पक्का मित्रता राख्ने, मध्यावस्था र वृद्धावस्थामा विशेष सुख

पाउँने हुन्छन् । यस राशिका लागि कला र सङ्गीत लाभदायक हुन्छ। यस राशिको व्यक्तिहरुले सेतो र खैरो रङको कपडा मन पराउँदछन् । खैरो,सेतो तथा लाईट रङको प्रयोग गर्नाले कन्फिडेन्ट पावरमा वृद्धि हुने,

अरुलाई सजिलै प्रभावित पारी काम लिन सकिनेछ। मिथुन राशि: मिथुुन राशि भएका व्यक्तिहरु मृदुभाषी, चञ्चल दृष्टि, दलु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान गोरो वर्णको, कार्यकुशल, बोल्न

सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प र न्यायप्रिय हुन्छन्। यस राशिवाला व्यक्तिका धेरै व्यवसाय हुने वा व्यवसायमा परिवर्तन भइरहने हुन्छ । यस राशिको मालिक बुध भएकोले हरियो रङका कपडा र हरियो

रङको वस्तुहरु शरीरमा धारण गर्नाले समयमा कामहरु बन्ने, शरीरमा पोजेटिभ तरङगहरु प्रवाह हुने हुन्छ। कर्कट राशि: कर्कट राशिका व्यक्तिहरु जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी,

अति बुद्धिमान, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छन्। सर्वसम्मत्तिले काम गर्नु राम्रो मान्दछन्। साहित्य, संगीत र कलामा

रुचि राख्दछन्। तरल पदार्थको व्यापारबाट फाइदा गर्दछन्। यस राशिको मालिक चन्द्रमा भएकोले सेतो कलरको कपडा तथा सेतो रङका सामानहरु प्रयोग गर्दा यिनिहरुलाई फाइदा हुन्छ। आफु बस्ने घरमा सेतो

तथा खैरो सामानहरु प्रयोग गरेर कोठा सजाउँदा लाभ मिल्दछ। सिंह राशि: सिंह राशिका व्यक्तिहरु क्षमाशील, काममा सक्षम, मद्य(मांसमा सदैव आशक्त, देशमा भ्रमण गर्ने, असल मित्र वाला,

विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छन्। सदैव उच्च पद प्राप्तिमा लालायित हुने, राजनीतिमा चासो राख्ने तथा घमण्डी स्वभावका हुन्छन्। यस राशिलाई

आइतबार शुभ र मंगलबार अशुभ हुन्छ। यस राशिको मालिक सूर्य भएकोले शरिरमा रातो र कफि रङको कपडाहरु लगाउँदा सुहाउँने तथा रातो रङको पोजेटिभ तरङग प्रवाह गर्दछ।

कन्या राशि: यस राशिका व्यक्तिहरु विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, संगीत र नृत्यको धूनमा आशक्त,

प्रवासी र स्त्रीबाट दुःखी हुन्छन्। त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, हुन्छन्। यस राशिको मालिक बुध भएकोले हरियो सामानको व्यापार व्यवसाय गर्नाले फाइदा हुने हुन्छ ।

शरीरमा प्रायजसो हरियो कपडा धारण गर्नाले र हरियो सामान बोकीराख्नाले राम्रो हुन्छ। तुला राशि: तुला राशिका व्यक्तिहरु अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु,

चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छन्। त्यस्तै धार्मिक, चतुर,

बुद्धिमान, राजप्रिय, मिष्ठान्नप्रेमी, पितृसेवी, देवभक्त, गुरुभक्त, धनी, वाचाल, साहित्य र संगीतप्रेमी, युद्धप्रेमी, कृपालु र सङ्कठनप्रेमी हुन्छ। यस राशिको मालिक शुक्र भएकोले सेतो र खैरो रङको वस्तुको धारण वा प्रयोगले शरीरलाई राम्रो गर्दछ। सेतो रङको धारणले शरीरमा पोजेटिभ उर्जा सञ्चार हुने भएकोले प्रगति पनि चाडै हुन्छ।