सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ? यस्तो बेला के गर्नुपर्छ ?  तपार्इंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने विषयमा कुरा गरौं महिलाले कसरी यौनसुख कसरी प्राप्त गर्छन् ?

मानव यौन प्रतिक्रिया चक्रको चार चरणमध्ये उत्तेजनाको चरण (भ्हअष्तझभलत एजबकभ, एक्साइटमेन्ट फेज) अनि एबितभबग एजबकभ (प्लाटो फेज) पार गर्दै तेस्रो चरण चरमसुख (इचनबकm एजबकभ, अर्गाज्म फेज) पुग्दा नै हामीले यौनसुख प्राप्त गरेको अनुभव गर्छाैं । त्यसपछिको अन्तिम चरण भने च्भकयगितष्यल

एजबकभ (रिजोलुसन फेज) हो, जसमा शरीर पुरानै अवस्थामा फर्कन्छ । महिलाले विभिन्न किसिमले यौन उत्तेजनालाई निरन्तरता दिँदै जान सक्छन् । यसका लागि महिलाले आफ्ना विभिन्न यौन संवेदनशील अङ्गको घर्षण–मर्दन गर्छन् ।

महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर हो । तपाईंलाई थाहै होला, ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । त्यसैगरी योनि अर्को महत्वपूर्ण अङ्ग हो । योनिमा केही पसाई

त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । तपार्इंले के कुरा बुझ्न जरुरी छ भने सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग अर्थात् पाठेघरतिरको भाग होइन कि बाहिरतिर एक तिहाइभाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ ।

सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ, अर्थात् ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ जतिको यौनसंवेदनशील

भागको घर्षण गर्न पर्याप्त हुन्छ । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ एवं अग्रभागमा रहेको mयलक खभलभचष्क (जहाँ यौनकेशहरू पाइन्छ) भाग पनि यौन संवेदनशील हुन्छ ।

त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तीघ्रा, नाभी क्षेत्र आदि अङ्गहरू पनि यौन संवेदनशील हुन्छन् ।

पुरुषको तुलनामा महिलाले यौन सुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गको अधिकतम प्रयोग गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि

यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत के गर्नुपर्ला ?श्नका आधारमा तपाईं महिला भएको संकेत मिल्छ । तपार्इंले यो प्रश्न नै किन गर्नुभयो स्पष्ट छैन । अब तपार्इंले बुझिसक्नुभयो होला,

महिलाले यौनसुख प्राप्त गर्न लामो लिङ्गको आवश्यकता पर्दैन । अन्तमा, के भनौं भने अर्को व्यक्ति, उसको अङ्ग वा क्रियाकलाप तपाईंको यौनसुख प्राप्तिमा सहयोगी मात्र हुन सक्छ, यौनसुख तपाईं स्वयंले खोज्ने वा प्राप्त गर्ने हो । जस्तो कि कसैले राम्रो दृश्य देखाउन सहयोग गर्न सक्छ, तर त्यो रमणीय दृश्यको आनन्द त व्यक्ति आफैंले प्राप्त गर्ने हो ।