सम्भोग हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा हो र एक स्वस्थ जीवनका लागि यो आवश्यक पनि ठानिन्छ । यद्यपि, धेरै मानिसहरुलाई योसँग डर पनि लाग्ने गर्छ, त्यसैले कति त सेक्समाथि कुरा गर्न

नै डराउँछन् । सेक्सका लागि यस्तो प्रकारको भयलाई इरोटोफोबिया भनिन्छ । इरोटोफोबियामा मानिसहरुको मनमा सेक्सको विषयमा विभिन्न प्रकारको डर हुन्छ । इरोटोफोबियामा मानिसहरुको मनमा विभिनन प्रकारको शंका हुन्छ । यदि यसको उपचार समयमा नै नगरिएको खण्डमा यो एक प्रकारको डिस्अर्डरमा परिवर्तन हुनसक्छ ।

यसले रोमान्टिक सम्बन्धमा पनि नकारात्मक असर पार्नसक्छ । कुनै पनि फोबिया झैं इरोटोफोबियाका पनि थुप्रै लक्षण हुन्छन् । हरेक व्यक्तिको लक्षण र अनुभव एक–अर्काभन्दा भिन्न हुनसक्छ । इरोटोफोबिया विभिन्न प्रकारको हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

जेनोफोबियाः जेनोफोबियालाई कोइटोफोबियाको एक रुप पनि मानिन्छ । यसमा मानिसहरुलाई यौन सम्बन्ध स्थापित गर्न डर लाग्छ । जेनोफोबिया भएको स्थितीमा मानिसहरु आफ्नो रोमान्टिक सम्बन्धमा चुम्बन वा

अँगालो हाल्नेजस्ता क्रियाकलापलाई असाध्यै रुचाउँछन् तर यौन सम्बन्ध स्थापित गर्न वा बढी फिजिकल हुन उनीहरुलाई डर लाग्छ ।इन्टिमेसीको डरः यस्तो प्रकारको फोबियामा मानिसहरुलाई शारीरिक सम्बन्ध

स्थापित गर्न नभई यसका कारण निम्तिने भावनात्मक लगावसँग डराउँछन् । उनीहरुको मनमा एउटा कुराको डर हुन्छ – पार्टनरले कतै छोड्ने हो कि भन्ने डर उनीहरुको मनमा भित्रैदेखि गढेको हुन्छ ।

प्यारोफोबियाः यौन विकृतिको डर पनि एक प्रकारको फोबिया हो । केही मानिसहरुलाई सेक्सका कारण उनीहरुमा कुनै प्रकारको विकृति निम्तिने हो कि भन्ने कुराको डर हुन्छ । यस्तै कोहीलाई भने आफ्नो कारणले अर्को व्यक्तिमा कुनै विकार

आउने हो कि भन्ने डर हुन्छ । यस्तो फोबियाद्वारा ग्रसित मानिसहरु आफूले बनाएको नियममार्फत् नै यौन सम्बन्धको आनन्द लिन्छन् । यस्तै, कोही मानिसहरु भने कुनै पनि प्रकारको अंतरङ्गी क्रियाकलापसँग डराउँछन् ।

हाफेफोबियाः यो फोबियामा मानिसहरुलाई छोइने हो कि भन्ने डर लाग्छ । यसैका कारण उनीहरुको थुप्रै सम्बन्ध प्रभावित हुनसक्छ । यस्तो फोबियाद्वारा ग्रसित मानिसहरुमा कुनै आफन्तले छुने हो कि भन्ने डर हुन्छ जबकि केही मानिसहरु

आवश्यकताभन्दा बढी शारीरिक सम्पर्कसँग डराउँछन् ।  जिम्नोफोबियाः यसमा मानिसहरुलाई नग्नताको भय हुन्छ । मानिसहरु अरुको अगाडि नग्न हुन डराउँछन् । केही मानिसहरु आफ्नो बडी इमेजका कारण पनि यौन सम्बन्ध स्थापित गर्न डराउँछन् ।

फिलेमाफोबियाः यसलाई फिलेमोटोफोबियाको नामले पनि चिनिन्छ । यसमा मानिसहरुलाई चुम्बन गर्न डर लाग्छ । यसका विभिन्न कारण हुनसक्छन् । जस्तै कि जो मानिसहरुको मुखबाट दुर्गन्ध आउँछ, उनीहरु कसैलाई चुम्बन

गर्न डराउँछन् । यसका साथै केही मानिसहरुलाई लाग्छ कि चुम्बन गर्दा उनीहरुको मुखमा किटाणु छिर्ने गर्छ । यी हुन् कारणः हरेक व्यक्तिमा भिन्न भिन्न कारणले इरोटोफोबिया हुनसक्छ । केही मानिसहरुको मनमा आफ्नो अतितको

घटनाका कारण डर पैदा हुन्छ । यौन शोषण, खराब अनुभव, कुनै मानसिक आघातजस्ता कारणले इरोटोफोबिया हुनसक्छ । यसबाहेक केही मानिसहरुलाई परफर्मेन्स एङ्जाइटी हुन्छ जसका कारण पनि मानिसहरुको मनमा सेक्सका लागि भय हुन्छ ।

के हो उपचार ? इरोटोफोबिया एक जटिल समस्या हो र साधारणतया यसको उपचार कुनै स्वास्थ्य विज्ञको उपचारमार्फत् नै पाउन सकिन्छ । सर्टिफाइड सेक्स थेरपिस्ट यस्तो प्रकारको उपचारमा उत्कृष्ट मानिन्छन् । थुप्रै पटक मानसिक स्वास्थ्यका विज्ञले पनि इरोटोफोबियाको उपचार गर्न सक्षम हुन्छन् ।