मंगलबार विशेषगरी हनुमानको पूजा आराधना गरिन्छ । यस दिन हनुमानको उपासनासँगै व्रत बस्ने धार्मिक चलन छ । रामभक्त संकटमोचक हनुमानका नाममा मंगलबार समर्पित छ । त्यसैले हरेक मंगलबार

हनुमान मन्दिरमा भक्तको भिड हुन्छ । तर पनि मंगलबार हनुमानको पूजा गरिन्छ । हनुमानको पूजा मंगलबार गर्नुमा विशेष कारण छ । हनुमान र मंगलबारको अत्यन्त गहिरो सम्बन्ध छ । स्कन्द पुराण अनुसार पवन पुत्र हनुमानको जन्म मंगलबार नै भएको थियो । त्यसैले धर्मशास्त्र अनुसार मंगलवारको व्रत राखे वा पूजा गरे हनुमान चाँडै प्रसन्न हुन्छन् ।

यस दिन हनुमानको उपासनाका क्रममा हनुमान चालिसा र सुन्दरकाण्ड पाठ गरिन्छ । ज्योतिष शास्त्र अनुसार मंगलबार हनुमानको पूजा गर्नुको विशेष महत्त्व छ । जसको कुण्डलीमा मंगल ग्रहको अशुभ

स्थिति हुन्छ त्यस्ता व्यक्तिले मंगलबारको हनुमान पूजा र उपाय गरे लाभ मिल्ने ज्योतिषमय मान्यता छ । यति मात्र होइन, मंगलबार हनुमानको पूजा–अर्चना गर्दा शनिको कुदृष्टिबाट समेत

राहत पाउन सकिने ज्योतिषमय मान्यता छ । जुन राशिका जातकमा शनिको महादशा चलेको छ उ मंगलबार हनुमानको पूजा–अर्चना गर्दा शनिको कुदृष्टिबाट समेत नीहरूले मंगलबार हनुमानको पूजा गरे अत्यन्त लाभ हुने ज्योतिषमय मान्यता छ । यही कारणले हनुमानको उपासना मंगलबारको सट्टा शनिवार समेत गरिन्छ ।