३० फागुन, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वाललेर्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन् ।सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन-तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’

भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर सक्दैनन् । उक्त भिडियो मंगलबार बेलुकाको हो । सो होस्टेलको कोठामा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका खनाल, गिरी

र भण्डारी थरका तीन जना विद्यार्थीहरु यही फागुन ३ गतेदेखि बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो ।

त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सन्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप

तीन-तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सन्चालकले हातपात गरेकी थिइन् । मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज

प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ । कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख मेनुका

भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ, सञ्चालक विरुद्ध हामी कानुनी उपचार खोज्छौं ।’ ३ चैतसम्म अगि्रम होस्टल शुल्क बुझाएका विद्यार्थीलाई अगाडि नै पैसा मागेको र नदिदा अमानवीय व्यवहार गरेको भण्डारीले बताइन् ।

होस्टल सञ्चालकको व्यवहारका कारण विद्यार्थी आत्तिएको बताउँदै उनले भनिन्, ‘दुई जना बेहोस पनि भए, विद्यार्थीहरु डराइरहेका छन्,रुलाई सम्झाइरहेका छौं, उनीहरुमाथि अमानवीय व्यवहार भएको छ ।’

उनका अनुसार कलेजको होस्टलमा बस्न नयाँ २३ जना विद्यार्थीको नाम निस्किएको छ । टाढाका विद्यार्थीलाई कलेजको होस्टलमा बस्नथमिकता दिइएको बताउँदै उनले मुनलाइन

होस्टलमा अमानवीय व्यवहारमा परेका तीन जना विद्यार्थीहरु पनि कलेजको होस्टलमा बस्नेहरुको सूचीमा छन् । जिल्ला प्रहरी कार्यालयरङका प्रहरी उपरीक्षक नवराज कार्कीले

घटनाको भिडियो आफूले पनि हेरेको बताउँदै उजुरी आए कानुनी कारवाही गर्ने बताए । होस्टल सञ्चालकले गरेको व्यवहार अमानवीय भएको बताउँदै उनले उजुरी आए पक्राउ गरी मुद्दा चलाउने बताए । होस्टलमा अमानवीय व्यवहार भएको भिडियो बाहिरिएपछि होस्टल सञ्चालक भने सम्पर्कमा छैनिन् ।