एजेन्सी :हामी हिन्दुहरुले हाम्रा ३३ कोटी देवताको बारेमा विभिन्न चर्चाहरु सुन्ने गरेका छौं । हाम्रा पौराणिक ग्रन्थहरुमा ३३ कोटी देवी देवताको विभिन्न प्रसङ्ग आउने गर्छ ।

तर, के हाम्रा देवी देवता वास्तवमा नै ३३ कोटी अर्थात ३३ करोड नै छन् त रु कतै यो एक आलंकारिक मात्रै पो हो कि ? या वास्तविक नै हो त ?भन्ने बारेमा ।वृहदाराण्यककोपनिषदको अध्याय तीनका याज्ञवल्क्य र शाकल्य बीचको सम्वाद विचार गर्नु योग्य देखिएको हुनाले यससम्वादलाई यहाँ प्रस्तुत गरिँदैछ ।

वृहदारण्यक उपनिषद शुक्लयजुर्वेद अन्तर्गत काण्वी शाखाको वाजसनेयी ब्राम्हण अन्तर्गत पर्दछ । आकारमा यो वृहत अर्थात ठूलो एवं अरण्य (वनमा) अध्ययन गर्नपर्ने भएको हुनाले यसलाई वृहद्वारण्यक भनिएको हो ।

शाकल्यः देवता कति छन् ? याज्ञवल्क्यः तैत्तिस शाकाल्यले यसै प्रश्नलाई बारम्बार गरी पाँच पटक दोहोर्याए । यसो गरेको देखेर याज्ञवल्क्यले पनि हरेक पटक संख्या घटाउँदै देवताको

संख्या क्रमशः छ, तीन, दुई डेढ र अन्त्यमा एकमा सीमित पारिदिए । शाकल्यः फेरि यी तीन हजार तीन सय छ देवगण को हुन् त ? याज्ञः यी देवताको विभूतिहरु हुन् । देवगण त तेत्तिस मात्र हुन् ।

शाकल्यः ती कुन–कुन हुन् ? याज्ञः आठ वसु, एघार रुद्र, बाह्र आदित्य, इन्द्र र प्रजापति । शाकल्यः आठ वसु को–को हुन् ? यज्ञः अग्नि, पृथ्वी, वायु अन्तरिक्ष, आदित्य, द्युलोक, चन्द्र र नक्षत्र । जगतको सम्पूर्ण पदार्थ यसैमा समाहित छ । अतः यि वसु गण हुन् ।

शाकल्यः एघार रुद्र को–को हुन् ? याज्ञः पुरुषमा स्थित दस इन्द्रिय, एक आत्मा । मृत्युको समयमा यि इन्द्रीयहरुले शरीरलाई छाडिदिन्छन् र प्रियजनलाई रुवाउँछन । अतः यिनीहरु रुद्र छन् ।

याज्ञः तीन लोक (पृथ्वी लोक, स्वर्गलोक र पाताल लोक) । यी तीन देवता हुन् । यसैमा सबै देवगणले बास बस्ने गर्दछन् । शाकल्यः दुई देवता को–को हुन् ? याज्ञः अन्न र प्राण नै दुई देवता हुन् । शाकल्यः यी डेढ देवता चाहिँ को हुन् त ?

याज्ञः वायु डेढ देवता हुन् । किन कि यी बहन्छन् र यसैबाट सबैको वृद्धि हुन्छ । शाकल्यः एक देवता को हुन् नि ? याज्ञः प्राण नै एक्लो देवता हो । यही नै ब्रम्ह हो, यही नै तत्व हो ।

यस प्रकार सनातन धर्ममा देवताको संख्या यहाँ तेत्तिसकोटी (तेत्तिस करोड) नभएर मात्र ३३ प्रकारका बताइएको छ । एजेन्सी । हाम्रो अगाडि महाभारतभन्दा अर्को दोस्रो उदाहरण हुन सक्दैन ।

हो, अभिमन्युले आमा सुभद्राको गर्भबाटै धेरै कुरामा निपुणता हाँसिल गरेका थिए । यस बारे थाहा नहुने सायदै कोही होला । वास्तवमा, गर्भवती महिलाको स्वास्थ्यदेखि निकै स–साना कुराहरुको ख्याल राख्नुपर्छ

जसको असर गर्भमा रहेको बच्चामा समेत पर्ने गर्दछ । गर्भवती हुँदा आमाले जुन वातावरण पाउँछिन् बच्चा पनि त्यस्तै हुन्छ । यस्तो अवस्थामा हामीले वास्तु शास्त्रलाई अनुसरण गर्ने प्रयास गर्नुपर्ने हुन्छ ।

वास्तुशास्त्रको अनुसार यदि केही विशेष कुरा गर्भवती महिलाको कोठामा राखे महिला र बच्चा दुबै स्वस्थ रहनुका साथै जन्मिने बच्चा निकै गुणी र प्रतिभावान् हुनेछ ।

मयुरको प्वांखःमयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ ।

मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।कृष्ण र आमा यशोदाको तस्बिरःआफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने

चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।

पहेंलो चामलःपहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा

पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।

वास्तुदेवको तस्बिरःथुप्रै पटक कोठाको वास्तुमा गडबडी आउने गर्दछ जुन हामीलाई थाहा हुँदैन । र यसको असर आमा र बच्चा दुबैमा पर्छ । त्यसकारण वास्तुदोषलाई हटाउनका लागि

कोठामा वास्तु देवको मूर्ती वा तस्बिर राखेमा राम्रो मानिन्छ । यसले आमा–बच्चामा आइपर्ने समस्याबाट जोगाउँछ । गुलाबी रंगःगुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ

त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै

तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।तामाको केही वस्तु:तामा नराम्रो नजरबाट बचाउनमा निकै प्रभावकारी मानिन्छ । यति मात्र होइन, यसले नकारात्मकता हटाउन पनि सहयोग गर्दछ ।

यस्तो अवस्थामा तामाबाट बनेको केही वस्तु कोठामा पक्कै पनि राख्नुहोस् । हाँसिरहेको, खुसी भएको बच्चाको तस्बिरःकोठामा हाँसिरहेको र खुसी भएको बच्चाको तस्बिर

टाँस्दा जन्मिने बच्चा हँसिलो र शान्त हुने कुरा धेरै मानिसलाई थाहा होला । यो तस्बिर उत्तरपट्टीको भित्तामा राख्दा शुभ मानिन्छ ।राम्रो स्वास्थ्यका लागि सेतो रङःसेतो रङ शान्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ । यो रंगको कुनै तस्बिर र शो पिस कोठामा राख्दा आमा र बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ ।