श्रीमद्भागवत पुराण हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो ।यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको थियो । तर आश्चर्य लाग्दो कुरा यो छ कि कलियुगमा के के घटना हुन्छन्

भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला नै गरिएको थियो । केही भविष्यवाणी श्लोक १ : ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।कालेन बलिना राजन् नङ्;क्ष्यत्यायुर्बलं​;क्ष्यत्यायुर्बलं स्मृतिः ॥ अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन को अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रति दिन घट्दै जानेछ ।

श्लोक २ :वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः । धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥ अर्थ- कलयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय केवल शक्ति का आधारमा लागू गरिने छ ।

श्लोक ३:दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके । स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥ अर्थ- कलियुगमा पुरुष-स्त्री विवाह विना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् ।व्यापार को सफलता छल कपटमा निर्भर हुनेछ ।

कलियुग मा ब्राह्मण सिर्फ एक धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ । श्लोक ४ :लिङ्गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥ अर्थ- जो मानिस घूस दिन या धन

खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन। जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान मानिन्छ । श्लोक- ५ :क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया । त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्

अर्थ- मानिसहरु भोक-प्यास तथा कयौं खालका दुख चिन्ताका कारण दुखि रहनेछन् । अनेक खालका बिरामीले उनीहरुलाई घेरिरहन्छ । कलियुगमा मनुष्य काे उमेर घट्ने छ । उमेर केवल बीस या तीस वर्ष को हुनेछ ।

श्लोक ६ :दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥ अर्थ- मानिसहरुले टाढाको नदी-तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बेवास्ता र निंदा गर्छन् ।

कपाल पाल्नै सुन्दरता मानिन्छ र केवल पेट भर्नु नै मानिसको लक्ष हुनेछ । श्लोक ७ :अनावृष्ट्या विनङ्क्ष्न्ति;क्ष्यन्ति दुर्भिक्षकरपीडिताः शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥ अर्थ- पानी कम पर्नेछ । सूख्खा हुनेछ ।

कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउनेछ । यस्ता परिस्तिथिका कारण मानिसहरु समस्यामा पर्ने छन् र नष्ट हुन थाल्ने छन् ।

श्लोक ८ :अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु । स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥ कलियुगमा जो व्यक्तिसँग धन हुनेछैन उ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवाह दुई जनाबीच एक समझौता हुनेछ ।

मानिसले नुहाउँदैमा अन्तरआत्मादेखि शुद्ध भए भन्ने सोच्छन् । श्लोक ९: दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् । एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥ धर्म-कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावाका लागि

हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ । मानिस सत्ता प्राप्तिका लागि एक अर्कालाई मार्ने छन्। श्लोक १०:आच्छिन्नदारद्रविणा यास्यन्तिरिकाननम् । शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥ अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाडफमा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरुवाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन् ।