भाग्यमानीको भूतै कमारो’ भनेझैँ ज्योतिष शास्त्रअनुसार केही राशिका मानिसहरु जन्मजात नै भाग्यमानी हुन्छन्। यी मानिसहरूले आफ्नो जीवनमा सबै कुरा सजिलै पाउँछन्। उनीहरुले सुखसयलको जीवन बिताउँछन्।

अपार धनको मालिक बन्छन् र धेरै कीर्ति पनि पाउँछन्। समग्रमा उनीहरूले आफ्नो जीवनमा पदपैसा-प्रतिष्‍ठा सबथोक प्राप्त गर्छन्। उनीहरु निकै किस्मतवाला हुन्छन् र आफ्नो भाग्यमा राजयोग लेखेर ल्याउँछन्। आज हामी यस्ता भाग्यशाली राशिका बारे जान्दछौं, जुन राशिका मानिसहरू राजा जस्तै जीवन बिताउँछन्। उनीहरुको

जीवनमा कहिले पनि कुनै कुराको कमी हुँदैन्।सिंह राशिका मानिसहरु बलिया, आत्मविश्वासी, निडर हुन्छन्। उनीहरुको व्यक्तित्वमा गजबको आकर्षण हुन्छ। यी व्यक्तिहरूले आफ्नो जीवनमा उच्च पद र धेरै लोकप्रियता पाउँछन्।

उनीहरू महान् नेता बन्छन्। उनीहरुले कडा मेहनत गरी जीवनमा सबैथोक हासिल गर्छन्। जीवनमा उनीहरु निकै सम्पन्नशाली बन्छन्।तुला राशिका मानिसहरु राजसी शैलीमा आफ्नो जीवन बिताउँछन्। यी मानिसहरु

भाग्यमा राजयोग लेखेर जन्मिन्छन्। यी मानिसहरू मेहनती, बुद्धिमान र आकर्षक हुन्छन्। उनीहरुले जीवनमा आफूले सोचेको काम पूरा गरेरै छाड्छन्। उनीहरुले जीवनमा खुब पैसा कमाउँछन् र ऐशआरामको जीवन बिताउँछन्। उनीहरुले जीवनमा

सफलताको चुचुरो चुम्छन्।कुम्भ राशिका मानिसहरुमा शनिदेवको प्रभाव रहन्छ। उनीहरु मेहनती, ईमानदार, कर्मठ र असल नेता हुन्छन्। उनीहरुले जीवनमा सबै सुख पाउँछन् र धेरै धन-दौलतको मालिक बन्छन्। उनीहरु अरूको लागि पनि धेरै काम गर्छन् र खाँचोमा परेकाहरूलाई मद्दत गर्न सधैं तम्तयार हुन्छन्। गरिब परिवारमा जन्मिए पनि आफ्नो मेहनत र भाग्यले चाँडै धनी बन्छन्।