म’ रेको मान्छे बचाउछु भन्दै भाईरल भएका व्यक्ति सम्पर्कबिहिन, छैन अत्तोपत्तो


फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू म’ रेको मान्छे ब्यूँताउन श’ व खोज्दै हिँडेको दाबी गर्छन्।

सामाजिक सञ्जालमा अहिले एउटा अपत्यारिलो भिडियो भाइरल हो। वीर अस्पताल अगाडि बसेर आफूलाई मणिरत्न सापकोटा बताउने युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ।

सबैलाई राखेर खुला ठाउँमा हामी प्रयोग गर्न चाहन्छौं। सापकोटाले भिडियोमा भनेका छन्। ‘म’ रेको बट्टाइ चरा बाँचेर अहिले उडिरहेको छ, मुसामा पनि सफल परीक्षण गरिसकेका छौँ।’ उनले भनेका छन्, हामी वीर, टिचिङजस्ता अस्पतालमा प्रयोग गर्न मिल्ने श’ वको खोजीमा छौं तर अहिलेसम्म पाइएको छैन। तपाईंहरुले कतै पाउनुभयो भने बोलाउनुहोस् हामी तुरुन्तै आउँछौं।’

डाक्टरहरू भने मृ’ त्यु भइसकेको व्यक्ति पुन: बचाउन सकिने कुरामा कुनै सत्यता नभएको जिकिर गर्छन्। अहिलेसम्म त्यस्तो उपकरण वा औ’ षधि बनिनसकेको अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत फिजिसियन डा प्रतिक पौडेल बताउँछन्।‘कुनै पनि व्यक्तिलाई मृ’ त घोषणा गर्नुपूर्व चिकित्सकले उसको ब्रेन र मृ’ त्युको चाललाई मुख्य आधार बनाउँछन् ।

भाइरल भिडियोमा सापकोटाले परीक्षणका लागि श’ व भेटिए खबर गर्न पटक पटक आग्रह गरेका छन्। भिडियोमा तीन वटा नम्बरहरु पनि उपलब्ध गराइएको छ। ‘तपाईंहरुले खबर गर्नुभयो भने हामी राति १२ बजे पनि गाडि लिएर आउँछौं।’ भिडियोमा सापकोटाले भनेका छन्, ‘यो सम्पूर्ण मानव जगतकै लागि एउटा महत्वपूर्ण बरदान हुनेछ।’

उनले गरेका दाबीका आधारहरू बुझ्न सम्पर्क गर्ने प्रयास गर्दा भिडियोमा उपलब्ध गराइएका नम्बरहरुमा पटक पटक सम्पर्क गर्दा पनि दुई वटा नम्बरमा मोबाइलको स्विच अफ गरिएको थियो भने एउटामा सम्पर्क हुन सकेको छैन ।