नेपाली सिनेजगतमा एकदमै ब्यस्त रहने गरेका नायक पल शाह नाबालिका बलात्कारको आरोपमा उच्च अदालबाट सफाइ पाएसंगै नियमितरुपमा काममा फर्किएका छन् ।
१ बर्ष सम्म जेलमा आफ्ना दिनहरु बिताएका पलले अब सेटमा आफ्ना दिनहरु कटाउने भएका हुन् । जेल जिवन बाट बाहिर आए पछिको उनको पहिलो गितको छायाँकनको काम भईरहेको छ ।
सक्छौ र तिमी म बिना बाँच्न उनको पहिलो गित रहेको छ । यस गितलाई नरेश बुढाथोकीले स्वर दिएका छन् भने राम अबिरल बिष्टले शब्द सिर्जना गरेका छन् ।
सन्तोष सुनारले संगीत भरेका छन् । दिलासा बस्नेतले निर्माण गरेको यस गितको छायाँकन काठमाण्डौ र पोखरामा भईरहेको छ । विकाश सुबेदीको
निर्देशन रहेको यस गितको भिडियोमा पल शाह लाई सनिशा भट्टराईले साथ दिएकी छन् । म्युजिक भिडियोलाई 8K Everest Motions Pictures ले बजारमा ल्याउने भएको छ ।