यी कुरा पर्समा राख्दा पैसाको अभाव हुँदैनः १, हरेक कुरा पर्समा राख्ने बानी छ भने यस्तो नगर्नुस् । पर्समा अनावश्यक चिजहरु गोलमाल गराए राख्दा यसले नकारात्मक उर्जा पैदा हुन्छ र आर्थिक अभाव हुन सक्छ ।

२, यदि तपाइँको पर्समा लक्ष्मीको तस्विर छ भने यसले पनि सकारात्मक उर्जा पैदा गर्छ । यसले पैसाको अभाव हुन नदिने वास्तु शास्त्रकोश्वास छ । ३, पर्समा लक्ष्मीको प्रतिमा, गोमती चक्र, चाँदिको सिक्का राख्नु पनि शुभ मानिन्छ । यस्ता वस्तुले पर्समा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

४, मानिसहरुले कसै न कसैलाई गुरु मान्छन् । कतिपयलाई कुनै तर्थस्थलप्रति श्रद्धा हुन्छ । पर्समा गुरुको तस्विर हुनु वा अध्यात्मिक क्षेत्रकोस्विर हुनु सकारात्मक मानिन्छ । यसले तपाइँलाई आर्थिक अभाव हुन नदिने वास्तु शास्त्रको भनाइ छ ।

५, पर्समा लक्ष्मीलाई चढाइएको वा पुजामा प्रयोग गरिएको चावलका दाना राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ । यस्तो चामललाई कागजमा पोको पारेर पर्समा राख्नु उचित हुने मानिन्छ ।

६, पर्समा अश्लिल तस्विर वा अश्लिल सामग्री नराख्नुस् । यस्ता कुराले नकारात्क उर्जा बढाउँछ । सके सम्म देवी देवताका तस्विर राख्नुस् ।
७, पैसाकी देवी लक्ष्मी हुन् । लक्ष्मीको कृपा भएमा पैसा हुने विश्वास गरिन्छ । यसका लागि पर्समा श्रीयन्त्र राख्नु राम्रो हुने वास्तु शास्त्रको भनाइ छ । विधी पुर्वक पुजिएको श्रीयन्त्र पर्समा राख्दा पैसाको अभाव हुँदैन ।